बाँकेमा थपियो एक हप्ता निषेधाज्ञा

पिपलबाेट संवाददाता


बाँकेमा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गेलालले  भने: जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आइनसकेको भन्दै थप एक हप्ताका लागि निषेधाज्ञा थपिएने निर्णय गरेको बताउनुभयो । यो निषेधाज्ञा छैठौं पटक थप गरिएको हो । यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो ।
बाँकेमा पहिलो पटक गत वैशाख ९ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि भोली १७ गते राती १२ बजे सकिन्दैछ ।
निषेधाज्ञाको समयअवधि सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । पछिल्ला केही दिनयता बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमी आएको छ ।

१६ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech