बाँकेको कोहलपुरमा रहेको यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंकमा सहयोगिहरु हातहरु बढ्दै गएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगहरु गर्नेहरुको पछिल्लो समय लर्को नै लाग्ने गरेको छ । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं सामुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरमा महासमिति सदस्य, बाँके श्रेत्र नं ३ ख प्रदेश सभा उम्मेद्वार लक्ष्मी नारायण शाहले ११ हजार एक सय, नेपालगञ्ज निवासी निसार अहमदले पाँच हजार एक, नेपालगञ्जका अधिबक्ता राम चन्द्र घिमिरेले तिन हजार, कोहलपुर ११ स्थित सस्तो पसलका संचालक सिखा गौतमले आठ हजार दुई सय ७५, गैडाकोट २ नवलपुरका धुर्व राज सापकोटाले ११ एघार हजार एक सय एघार, नमस्ते सहकारी संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाले २२ हजार, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्षपदम बहादुर शाहीले ११ हजार सहयोग गरेका छन् ।
साथै कर्णाली स–मिल कोहलपुर ११ का संचालक गोविन्द बुढाले १५ हजार पाँच सय ५५, त्रिभवन मा.वि कोहलपुरका अध्यक्ष वीर बहादुर बिस्टले पाँच हजार पाँच सय ५५, कोहलपुर मोडेल कलेज प्रमुख सन्जिंव बाबू पंगेगिले ११ हजार एक सय एघार, नमस्ते कान्तिपुर प्रा.लि .का अध्यक्ष थमन रोकायाले पाँच हजार एक सय, ट्रेड युनियन बाँके जिल्ला अध्यक्ष राम बहादुर मल्लले ११ हजार एक सय, आधुनिक आल्मुनियम कोहलपुर १२ का ढुन्डिराज भट्टराईले आफ्नो जन्म दिन को अवसरमा पाँच हजार एक सय, माउण्ट कैलास यातायात प्रा.लि.का अध्यक्ष कृष्ण कँुवरले पाँच हजार एक सय, कोहलपुर १० निवासि बिमला शाहिले १० हजार पाँच, उद्योग वाणिज्य महासंघ कणालि प्रदेश उपाध्यक्षका प्रकाश उप्रेती ३१ हजार र उद्योग वाणिज्य महांसघ कणालि प्रदेशका उपाध्यक्ष प्रकाश उप्रेतीले ११ हजार सहयोग गरेका छन् । कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगि दाताले गरेको सहयोग कोरोना भाईरसका जारी निषेधज्ञामा खाद्यान्न अभाव भएका अति विपन्न परिवारलाई उपलब्ध गराईने बताएका छन् ।