बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

पिपलबाेट संवाददाता


बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

हेर्नुहोस् विज्ञप्ति :

१७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech