कोभिड खाद्य बैंक कोहलपुरलाई थप सहयोग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंक आर्थिक सहयोग थप जुटेको छ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई थप समाजसेवीहरुले सहयोग गरेका छन् । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं सामुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरलाई भुषाल ब्रद्र्श एन्ड सन्स कोहलपुरका संचालक पोस्टराज भुषालले १५ हजार एक सय पाँच, मनकामना ग्यास उद्योग प्रा.लि. मनिकापुर बाँकेका राजेश नारायण श्रेष्ठले पाँच हजार एक सय पाँच, विपासा सेल्स डिपोका गोविन्द पौडेल नौ हजार र कोहलपुर–१० घर भएका र हाल अमेरिका रहेका बासु रेग्मी, बुवा मनिराज रेग्मी र आमा कमला देवि रेग्मीले पचास हजार एक सय सहयोग आज सोमबार गरेका छन् । कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगि दाताले गरेको सहयोग कोरोना भाईरसका जारी निषेधज्ञामा खाद्यान्न अभाव भएका अति विपन्न परिवारलाई उपलब्ध गराईने बताएका छन् ।

१७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech