कुल खर्च ३० प्रतिशत बढाउने सरकारको बजेट महत्वकांक्षी : काँग्रेस

पिपलबाेट संवाददाता


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनसँगै वैधता गुमाएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट सार्वजनिक गरेको बताएको छ । सोमबार एक पत्रकार सम्मेलनमार्फत काँग्रेस नेता डा. मिनेन्द्र रिजालले संसदलाई छलेर वर्तमान काम चलाउ सरकारले राजस्व संकलन, ढुकुटी खर्च गर्ने लगायतको काम गरेको बताउनुभयो । जनताको स्वीकृति बिना बजेटको काम गर्न पाइदैन तर यसपटक मूल्य र मान्यता विपरित काम गरेर सरकारले जनमत छिन्न–भिन्न पारेको बताउनुभएको हो ।
काँग्रेसले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ८ सय ५९ अर्ब खर्च गरेको र जेठ अन्तिमसम्म १२ सय ६५ अर्ब कुल खर्च गर्ने लक्ष्य राखेकाे सरकारले आगामी आर्थिक वर्षसम्ममा यो दर ३० प्रतिशतले बढाउने लक्ष्य एकदमै महत्वकांक्षी रहेको बताएको छ । यस पटकको बजेट भर्खरै नयाँ निर्वाचित सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जस्तो प्रतित भएको काँंग्रेसको वक्तव्यमा समेत उल्लेख छ ।

१७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech