बाँकेमा ८० जना थपिए, १३४ डिस्चार्ज, थप ९ को निधन

पिपलबाेट संवाददाता


बाँकेका तीन वटा प्रयोगशालामा ३ सय ९ नमुना परीक्षण गर्दा ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको ल्याबमा गरिएको १९० जनाको परिक्षण गर्दा ४७, मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६४ नमुना परीक्षण गर्दा १९ जना र बागेश्वरी ल्याबमा ५५ नमुना परीक्षण गर्दा १४ जना गरि कुल ८० जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ४२ जना छन् । १९ जना महिला र २३ जना पुरुष गरि जिल्लाका ४१ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७८ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १७ हजार ६४ जनामा संक्रमण पृष्टि भएका छन् । त्यस्तै हालसम्म १६ हजार १२ जना डिस्चार्ज भएका छन् । जिल्लामा १३४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ५१ जना महिला र ८३ जना पुरुष गरि कुल १३४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा ७५० जनाले होम आईसोलेसन र सय ३०५जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् ।
बाँकेमा थप ९ जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप ९ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि थप ९ जना संक्रमितको मृत्यु भएको हो । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लम्जुङका ३१ वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिला, कुपिण्डेदह १ सल्यानका ५५ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१८ का ५० वर्षीय पुरुष र जानकी गाउँपालिका– २ बाँकेका ४५ वर्षिया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८७ जना र जिल्लाकै २९३ जनाको मृत्यु भएको छ ।

१७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech