व्यक्ति तथा संघसंस्थाद्धारा कोभिड खाद्य बैंक कोहलपुरलाई आर्थिक सहयोग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेका यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई थप आर्थिक सहयोग उपलब्ध भएको छ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई थप व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक रुपमा सहयोग गरेका छन् । कोभिड खाद्य बैंक कोहलपुरलाई आर्थिक सहयोग गर्नेहरुमा नेपाल आदिवासि जनजाति संघ बाँकेका जिल्ला सभापति एवम् उद्योग वाणिज्य सघं कोहलपुरका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले ११हजार एक सय, नन्दन फिड प्रा.ली. कोहलपुरका संचालक दिनेश कुमार डाँगीले पाँच हजार, कोहलपुर–१० का समाजसेवी भवानी थापाले १५ हजार एक सय पाँच, गौतम होम डेकोर कोहलपु पिपलचौताराका संचालक कृष्ण गौतमले पाँच हजार एक सय पन्ध्र, बागेश्वरी ड्राइभिङ्ग सेन्टर कोहलपुरका संचालक दिल बहादुर बोहराले ११ हजार एक सय, बसोबास सहकारी अध्यक्ष तथा वडा नं. १० की वडा सदस्य एवम् कोहलपुर नगरपालिका न्यायिक समिति सदस्य गिता वलीले पाँच हजार एक सय पाँच र बसोबास महिला बचत तथा ऋण सहकारी संस्था कोहलपुर ११ले पाँच हजार एक सय ५५ रुपैयाँ सहयोग आज सोमबार गरेका हुन् । कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगि दाताले गरेको सहयोगबाट कोरोना भाईरसका कारण जारी निषेधज्ञामा खाद्यान्न अभाव भएका अति विपन्न घरपरिवारलाई खाद्यान्न उपलब्ध गराईने बताएका छन् । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा अति विपन्न परिवारलाई आवश्यक पर्ने खाद्यान्नका लागि सहयोग होस् भन्ने उद्देश्यले कोभिड खाद्य बैंक माफर्त सहयोग गरिएको नेपाल आदिवासि जनजाति संघ बाँकेका जिल्ला सभापति एवम् उद्योग वाणिज्य सघं कोहलपुरका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

१७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech