कोभिड खाद्य बैंक कोहलपुरमा सहयोग जुट्ने क्रम जारी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेका यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरु सहयोग गरिरहेका छन् । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं सामुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरलाई शिद्द बाबा ट्रेड लिंक बनकटव–१५ का संचालक दिपक खनालल पाँच हजार एक सय, कोशी सःमिल कोहलपुर–४का संचालक प्रदिप कुमार शाहल ११ हजार एक सय १५, सम्बिद्धी कृषि फार्मका संचालक सुनिल ढकालल १० हजार पाँच सय ५५, नेपाल तरुण दल कोहलपुर नगर कमिटिका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रमुखि निर्माण सेवाका संचालक गौरब रावलले रु १५ हजार एक सय पाँच, सनराईज बैंक लि. कोहलपुरले १५ हजार, कोहलपुर–३ की आयुषु चौधरीले आफ्नो जन्म दिनको अवसर पार पाँच हजार दुई सय १८, कोहलपुर–११ का प्रकाश रेग्मील पाँच हजार एक सय, अधिकारी एग्रोभेट कोहलपुर र कोहलपुर पार्टी प्यालेस कोहलपुर–११ का संचालक नारायण अधिकारीले आठ हजार छ सय १० र कर्णाली हाडवेर प्रा.लि का संचालक बिरेन्द शाहिले १५ हजार तिन सय ५० सहयोग आज मंगलबार गरेका छन् । कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगि दाताले गरेको सहयोग कोरोना भाईरसका जारी निषेधज्ञामा खाद्यान्न अभाव भएका अति विपन्न परिवारलाई उपलब्ध गराईने बताएका छन् ।

 

१८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech