विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ज्यान गुमाएका नेपाल विद्यार्थी संघ बाँकेका सदस्य स्वर्गिय भुपेन्द्र पुन मगरको १३औं दिनको पुण्य तिथिमा बैजनाथ गाउपालिका वडा नंं. ६मा एक बाटोलाई भुपेन्द्र मार्ग नामाकरण गरिएको छ ।
बैजनाथ गाउपालिका वडा नं. ६मा पर्नै टोकारी टोल जाने भनेर चिनिने बाटोको नाम भुपेन्द्र मार्ग राखिएको वडा नंं ६का वडा अध्यक्ष भद्र वहादुर बस्नेतले वताए । स्थानिय युवाहरुको अग्रसतामा उक्त बाटो र्ममत सम्भार समेत गरेका छन् ।
कार्यक्रमा बोल्दै वडा अध्यक्ष भद्र वहादुर बस्नेतले भुपेन्द्र पुन बैजनाथको एक सफल युवा व्यावसायीको रुपमा उदयमान युवाको रुपमा रहेको वताए । उक्त कार्यक्रमा नेपाली काँग्रेस महासमिति सदस्य देव बहादुर खत्री , सहकारी कर्मी देव वहादुर केसी,नेपालि काँग्रेस बैजनाथ गाउपालिका सभापति गगन खत्री र विपि कोईराला युवा नेतृत्व विकास मञ्चका बैजनाथ अध्यक्ष डम्मर रावत लगाएतकाको उपस्थिति रहेको थियो ।