कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोग आउने क्रम जारी

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोग आउने क्रम जारी रहेको छ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगहरु गर्ने हातहरु जारी रहेका छन् । कोहलपुरका सामाजिक कार्यहरुमा सक्रिय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं सामुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरमा कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कोहलपुर– ११ ले १५ हजार, ने.वि.संघबाँके जिल्ला अध्यक्ष एवंम महाधिवेशन प्रतिनिधि यूवा नेता पूर्ण प्रसाद आचार्यले पाँच हजार ५५, नेपाल तरुण दल साबिक हुम्ला जिल्ला सदस्य एव्म हाल कोहलपुर–६ का लोकेन्द्र शाहीले पाँच हजार एक सय पाँच, समाजसेवी दिपक खड्काले २१ हजार, कोहलपुर–३ स्थित शंकर भगवान मन्दिर संचालक समिति अध्यक्ष दोर्ण जैसीले नौ हजार एक सय पाँच, कोहलपुर–३का यज्ञ प्रसाद सापकोटाले पाँच हजार एक सय, टोउन स्पोर्ट क्लब कोहलपुर–११ले पाँच हजार एक सय र कोहलपुर–३ का बिष्णु खरेलले पाँच हजार नगद आर्थिक सहयोग गरेका छन् ।
यसका साथै कोहलपुर–२ का यान बहादुर खडकाले तीन हजार पाँच सय, बैजानाथका कृष्ण खडकाले पाँच हजार, समाजसेवी, व्यवसायी चन्द्र बिर चौधरीले पाँच हजार ५०, पुष्पाञ्जलि कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स कोहलपुर–११ न्युरोडका संचालक प्रमोद भण्डारीले पाँच हजार एक सय ५०, नाम खुलाउन नचाहेका चिकीत्सकले सात हजार र नाम खुलाउन नचाहेको पुस्तक व्यवसायीले पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । कोभिड खाद्य बैंक कोहलपुरका संयोजक प्रदिप भट्टराईले कोभिड खाद्य बैंक कोहलपुरलाई सहयोगि दाताले गरेको सहयोग कोरोना भाईरसका जारी निषेधज्ञामा खाद्यान्न अभाव भएका अति विपन्न परिवारलाई उपलब्ध गराईने बताएका छन् ।

२० जेष्ठ २०७८ मा प्रकाशित
Nabintech