नेपाल स्काउट कोहलपुर नगरपालिकाको पहिलो बैठक सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको नेपाल स्काउट कोहलपुर नगरपालिकाले आफ्नो पहिलो बैठक सम्पन्न भएको छ । नेपाल स्काउट कोहलपुर नगर संयोजक हेम बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । सो बैठकले नेपाल स्काउट कोहलपुर नगरले आगामि दिनमा सामाजिक र शैक्षिक कार्यक्रमहरु निरन्तर गर्ने, कार्यालय स्थापना गर्ने, कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम गर्ने, नेपाल स्काउटको बुटवलमा भएको २०७६ सालको वृहत प्रशिक्षणमा सहभागित भएका मध्ये धेरै जनाको कमिटि रहेको नगर कमिटिमा आगामि दिनमा सक्रिय भएर काम गर्ने निर्णय भएको संयोजक हेम बहादुर रावतले बताएका छन् । साथै प्रशिक्षण लिएर आएका नवकिरण शाहका अनुसार स्काउट संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई अनुशासितका साथै मितव्यता र उपयोगि हुनुपर्ने बताउँदै आगामि दिनमा वातावरण सहज भए सम्पूर्ण विद्यालयहरुमा स्काउट कमिटि गठन गरि विद्यार्थीलाई स्काउट सम्बन्धि ज्ञान दिने बताएका छन् ।
नेपाल स्काउट कोहलपुर नगर समितिको संयोजकमा हेम बहादुर रावत, सदस्यहरुमा नवकिरण शाह, हेमन्त भट्टराई, वलिराज थापा, धन बहादुर परियार, कमल केसी , सिमा चौधरी “ए”, सिमा चौधरी “बी”, नारायण भण्डारी, प्रकाश थापा, आरती चौधरी, तिला वली, प्रतिमा चौधरी, कृष्ण रावत रहेका छन् ।

२१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech