कोभिड खाद्य बैकले संकलन गरेको खाद्यन्न दुई वडामा वितरण

पिपलबाेट संवाददाता


कोहलपुरका सामाजिक कार्यमा सक्रिय युवाहरु द्धारा स्वतन्त्र रुपमा सामाजिक सेवाभावका साथ स्थापना भएको कोभिड खाद्य बैक कोहलपुरले शुक्रबार देखि बैकमा जम्मा भएको खाद्य समाग्री वितरण सुरु गरेको छ ।

शुक्रबार कोभिड खाद्य बैंकले कोहलपुर नगरपालिका वडा नं. १ र १५ मा अति विपन्न ,असाह, अपाङग ,कोभिड प्रभावितहरु लाई खाद्य समाग्री वितरण गरिएको खाद्य बैंक सयोजक प्रदिप भट्टराईले बताए ।

कोभिड खाद्य बैकले प्रत्येक वडामा गएर नाम संकलन गर्ने अनि वितरण कार्य भैरहेको संयोजक भट्टराईले वताए । यस्तै कोभिड खाद्य बैक संचालन समितिका सदस्य चेतकान्त भट्टराईले कोभिड खाद्य बैकले जसरी समाजिक संजालवाट आभान गरेर नाम संकलन गरिएको थियो त्यहि अनुसार आफुहरुले विभिन्न सामाजिक संजाल मार्फत खाद्यन्न लिन चाहानेहरुको नाम संकलन गरिरहेको वताए ।

आफुहरुले सके सम्म वास्तविक समस्या भएका कोहलपुर नगरपालिका लगाएत अन्य क्षेत्रका समस्या भएका मानिसहरुलाई राहात दिर्ने कार्य रहेको वताए । आफुहरुले प्रचार भन्दा वढि सेवामा लागेकाले आफुहरु प्रचार मुखि नभएको वताए ।

यस्तै कोभिड खाद्य बैंकका सल्हाकार तथा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले आफुहरुले कोहि पनि मानिसहरु यो महामारीमा तथा बन्दमा भोकले कसैलाई पनि मृत्युहुनु नपरोस् भनेर यसरी युवा साथिहरु मिलेर यो कोभिड बैक स्थापनि गरिएको वताए ।

कोहलपुर नगरपालिका वडा नं. १र१५ वडामा करिव १२० घर परिवार लाई २० केजी चामल , २केजी दाल १ केजी नुन पहिलो चरणको खाद्यन्न वितरण गरेको सह संयोजक भुम भण्डारीले वताए । कोभिड खाद्य बैंकमा हाल सम्म १९ लाख रकम जम्मा भैसकेको भण्डारीले वताए । विभिन्न क्षेत्र ,तथा विदेश बाट सहयोग आउने कार्य भैरहेको समेत जानकारी गराए ।

 

२२ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech