आमा बुवाको माया विनाका तिन सन्तान

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. ११ एकता नगरमा कोठा भाडामा बस्दै आएका तिन बाल बालिकाहरुको आमा बुवा नहुँदा विचल्ली भएको छ । आफनो घर कहाँ हो भनेर समेत राम्रो संग थाहा नभएका कलिला तिन बाल बालिकाहरु कोहलपुर नगरपालिका वडा नं. ११ एकता नगरमा शुशिला सुनारको घरमा भाडामा बस्दै आएका छन् ।

बुवा सन्तोस सुनार एक वर्ष देखि घरमा सम्र्पकमा नआएदेखि आमा रमा योगीपनि तिन बाल बालिकाहरुलाई कोठामा बेवारीसे अवस्थामा छाडेर अकैसंग विबाह गरेर गएपछि बालबालिकाहरु टुहुरा बनेका छन् । तिन बाल बालबालिका मध्ये छोरीहरु संगिता सुनार १२ बर्ष , निरुता सुनार ९ वर्ष र छोरा आशिष सुनार ५ वर्ष उमेर रहेको छ । यी बाल बालिकाको काठोमा कोहलपुर कोभिड खाद्य बैंकको टोली पुग्दा स्थानिय बासीहरुले तिनिहरुको वारेमा जानकारी गराएपछि कोभिड खाद्य बैंकले ६० केजी चामल ,६ केजी दाल , ५ केजी चना , ५केजी आलु ,४ लिटर तोरीको तेल, एक काटुन चाउचाउ ,एक बोरा चिउरा ,२४ पिस बिस्कुट , ३ केजी नुन र ५हजार नगर सहयोग गरेको कोभिड खाद्य बैंकका संयोजक प्रदिप भट्टराईले वताए । घरबेटि शुशिला सुनारले भनिन् “यी आँखामा हालेर नविजाउने यस्ता वाल बालिकाहरुलाई छाडेर आमा बुवा गएतापनि आफुले उनिहरुलाई आफुनै सन्तनको रुपमा हेदै आएको वताईन् । लामो समयको यो लकडाउनको कारण उनिहरु संग कुनै भाडा पनि नलिएर अहिले सम्म घरमा बसाउदै आएको सुनारले वताईन् । उनिहरुको बुवा एक वर्ष देखि सम्र्पक विहिन भएपछि आमा पनि अन्तै विबाह गरेर गएपछि बाल बालीकाको अवस्था गाह्रो भएको उनले वताईन् ।

कोभिड खाद्य बैक कोहलपुरको टोली ति बालबालिका भाडामा वसेको घरमा पुग्दा उनिहरुको कुरा सुन्दा सवैे आँखा रसाएको थियो । उनिहरु बस्दै आएको कोठामा पुग्दा कोठामा सिङ्गल बेडको एउटा खाट एकथान ग्यास बाहेक केहि पनि थिएन् । उनिहरु भाई आशिष सुनारले आफुलाई पेटभरी भात र मासु खान मन लागेको छ भने पछि सवैको मन भक्कानीको थियो । कोभिड खाद्य बैक कोहलपुरको टिमले घरबेटीलाई भनी झ्याल भएको अगाडिको कोठामा बस्ने व्यवस्था समेत मिलाएको छ । यी बालबालीकाहरुको लागी सवै जनाले आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने अवस्था आएको छ ।

२५ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech