बँदेलको आक्रमणमा घाइते भएका वन हेराललाई अध्यक्ष खत्रीले दिए आर्थिक सहयोग

पिपलबाेट संवाददाता


वन तथा वातावरण संरक्षण समन्वय समिती राप्तीसोनारीका अध्यक्ष तुलाराम खत्रीले जंगली जनावरबाट घाइते भएका वन हेराललाई आर्थिक सहयोग गरेका छन् ।

जंगली बँदेल को आक्रमणमा परि गम्भीर घाइते भएका राप्तीसोनारी २ जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका वन हेराल हरि बहादुर ठाकुरलाई उपचार सहयोग स्वरुप अध्यक्ष खत्रीले २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आज एक कार्यक्रमका बिचमा अध्यक्ष खत्रीले गम्भीर घाइते भएका  ठाकुरको सहयोगार्थ उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले सामुदायिक वनका संरक्षणकर्मीका लागि सहयोग र सामुदायिक वनको संरक्षणमा लागीरहने बताए।

चेक हस्तान्तरण कार्यक्रममा सामुदायिक वनका अध्यक्ष  दल बहादुर खत्री,समन्वय समितीका नारायण उपाध्याय,भिम बहादुर केसी, वनका कोषाध्यक्ष कैलास जिसी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

२५ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech