नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा स्वास्थ्य सामग्री सहयोग

पिपलबाेट संवाददाता


नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँकेका दुई वटा स्थानिय तहहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई महासंघले स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले जानकारी दिएकी छिन् । महासंघले कोहलपुर नगरपालिकालाई पिपिई २० सेट, पल्स अक्सिमिटर १५ थान, डिजिटल थर्मोमिटर १० थान, सर्जिकल माक्स ६ हजार थान, सेनिटाईजर २० लिटर र ४ जार, डिस्पोजल ग्लक्स ५ डब्बा गरी कुल ८३ हजार ७ सय ३० मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोरोना भाईरसको महामारीमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै स्थानिय जनताको जीवन रक्षाका लागि स्थानिय सरकार लागि परेको बताएका छन् ।
त्यस्तै महासंघले नेपालगञ्ज उपमहानगरपालिकालाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघले नेपालगञ्ज उपमहानगरपालिकालाई पिपिई २५ सेट, पल्स अक्सिमिटर १८ थान, डिजिटल थर्मोमिटर १५ थान, सर्जिकल माक्स १० हजार थान, सेनिटाईजर ३० लिटर र ६ जार, डिस्पोजल ग्लक्स ६ डब्बा गरी कुल १ लाख १३ हजार ५ सय ९५ मूल्य बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खड्काले महासंघको सामजिक उत्तरदायित्व अन्गर्तत स्वास्थ्य सामग्री सहयोग गरिएको बताएकी छिन् ।

२७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech