कोभिड खाद्य बैंक कोहलपुरद्धारा वडा नं. ४ मा राहत वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेका यूवाहरुको सक्रियतामा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरले कोहलपुर नगरपालिका वडा नं. ४ मा राहत वितरण गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी यूवा प्रदिप भट्टराईको संयोजकत्वमा स्थापना भएको कोभिड खाद्य बैंक कोहलपुरले कोहलपुर नगरपालिका वडा नं. ४ का अति विपन्न वर्ग तथा कोभिडद्वारा प्रत्यक्ष असर परि चुलो बाल्न गार्हो भएका बर्गहरु माझ प्रत्यक्ष पुगि खाद्यन्न वितरण गरिएको छ । संयोजक भट्टराईले कोहलपुर नगरपालिका भित्रका सबै वडामा हरुमा क्रमशः राहत वितरण गर्दै जाने बताउँदै कोभिडद्वारा प्रभावित भई चुलो बाल्न गार्हो भएका वर्ग, जसलाई राहत खाद्यान्न अति आवश्यक रहेको खण्डमा कोभिड खाद्य बैंक कोहलपुरलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । कोरोना भाईरसका कारण जारी निधेषज्ञामा खाद्यान्न अभाव भएका परिवारहरुलाई खाद्यान्न सहयोग गर्ने लक्ष्यका साथ कोभिड बैंक स्थापना गरिएको छ । सो खाद्य बैंकलाई विभिन्न व्यक्ति, संघ संस्था लगायतले आर्थिक सहयोग गरिरहेका छन् ।

२८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech