कोहलपुरमा भोलि(सोमबार) रक्तदान कार्यक्रम हुँदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा भोलि (सोमबार) रक्तदान कार्यक्रम हुने भएको छ । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा रगत अभावलाई कम गर्नका लागि कोहलपुर क्षेत्रका विभिन्न संघ संस्थाहरुको आयोजनामा रक्त सञ्चार इकाइ केन्द्र कोहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोहलपुरमा रहेका नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र, जेसीज कोहलपुर वर्ष २०२१, कोभिड खाद्य बैंक कोहलपुर, कोहलपुर सृजनशिल रक्तदान समूह र वान अर्थ, वान लभ लगायतका संघ संस्थाहरुको आयोजना रक्तदान कार्यक्रम हुन लागेको नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका छन् । विश्व रक्तदाता दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताएका छन् । साथै उनले मानविय सेवा भावका साथ रक्तदान गरी सबैले सहयोग गर्न अनुरोध समेत गरेका छन् । लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जनताहरुको स्वास्थ्य उपचार हुँदै आएका बाँकेका विभिन्न अस्पतालहरुमा रगत अभाव कम गर्न लागि सबैले रक्तदान गरि दिन उनले अनुरोध गरेका छन् ।

३० जेष्ठ २०७८ मा प्रकाशित
Nabintech