बाँकेको कोहलपुरमा आज ५१ रक्तदान गरेका छन् । कोरोना भाईरसका कारण जारी निषेधज्ञामा रगत अभावलाई कम गर्नका लागि कोहलपुर क्षेत्रका विभिन्न संघ संस्थाहरुको आयोजनामा रक्त सञ्चार इकाइ केन्द्र कोहलपुरमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । कोहलपुरमा रहेका नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुर, ज्ञानोदय सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र, जेसीज कोहलपुर वर्ष २०२१, कोभिड खाद्य बैंक कोहलपुर, कोहलपुर सृजनशिल रक्तदान समूह र वान अर्थ, वान लभ लगायतका संघ संस्थाहरुको आयोजना रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले बताएका छन् । विश्व रक्तदाता दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रमले रगत अभावलाई केहि भएपनि कम गर्ने बताएका छन् । साथै उनले मानविय सेवा भावका साथ रक्तदान गरी सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन् । लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जनताहरुको स्वास्थ्य उपचार हुँदै आएका बाँकेका विभिन्न अस्पतालहरुमा रगत अभाव कम गर्न लागि आगामि दिनहरुमा सबैले रक्तदान गरि दिन उनले अनुरोध गरेका छन् ।