बाँकेको कोहलपुर नगरपालिकालाई काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ज्ञापन पत्र बुझाएका छन् । नेपाली काँग्रेसका यूवा नेता तथा कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने ‘निरज’को नेतृत्वमा काँग्रेसबाट निर्वाचन जनप्रतिनिधिहरुले कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा जनताको जीवनसँग जोडिएका योजनाहरुलाई विशेष प्राथमिकता दिन आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले बताएका छन् । कोरोना भाईरसको महामारीमा जनताको जीवन रक्षा गर्नु स्थानिय सरकारको प्रमुख दायित्व भएकाले कोहलपुर नगरपालिकाका जनतालाई कोभिड भ्यासिनको व्यवस्था गर्नका लागि बजेट छुट्याउन माग गरिएको उनले बताएका छन् । साथै कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, जवाफदेहितामा समेत लथालिंग अवस्थाको सिर्जना गर्ने प्रमुख कारक जननिर्वाचित जनप्रतिनिधि नै हुन भन्ने आम जनताको अविश्वासलाई चिर्न क्षेत्रगत विज्ञहरुको सुझावको आधारमा कोभिड लगायत महामारी रोगको सामना गर्न उचित बजेट बिनियोजन गर्न आग्रह गरिएको उनले बताएका छन् । कोहलपुरको समृद्धि, विकास र सुशासनका लागि आम नागरिक, नागरिक समाज, दलिय नेतृत्व लगायत बुद्धिजीविहरुले दिएको सुझावका आधारमा बजेट तयार गनुपर्ने माग राख्दै कोहलपुुर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको उनले बताएका छन् ।
साथै दिगो विकास लक्ष्यसँग जोडिएको गरिबी अन्त्य, भोक अन्त्य गर्ने, राम्रो स्वास्थ्य प्रदान गर्ने, गुणस्तरीय शिक्षा निःशूल्क प्रदान गर्ने, लैंगिक असमानता अन्त्य गर्ने, स्वच्छ खानेपानी तथा सरसफाईमा बन्दोबस्त गर्ने, सम्मानजनक काम र आर्थिक वृद्धि गर्ने, औद्योगिकरण निर्माण र पूर्वधार निर्माण गर्ने, आम्दानी र रोजगारी प्रदान गर्ने, दिगो शहरी विकास र वस्तीहरुको तहगत विकासहरुको तयारी गर्ने, श्रोत र साधानहरुको सवलीकरण र साझेदारी कार्यक्रम जागरुक गराउने लगायत आन्तरिक श्रोतहरुको पहिचान गरी प्राथमिकताको लागि सहयोग पुग्नका लागि आगामि वर्ष २०७८÷०७९मा ुहने कोहलपुरि नगरपालिकाको नवौ नगर सभाबाट बजेट बिनियोजन गर्न माग गरिएको वडा अध्यक्ष चलाउनेले बताएका छन् ।