नेपाल तरुणदल कोहलपुरद्धारा कोहलपुर नगरपालिकामा धर्ना

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिईएको छ । नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकामा दुई घण्टा धर्ना दिएको हो । कोहलपुर नगरपालिका भित्रको भष्ट्रचार अन्त्य गर्नुपर्ने, आर्थिक पारदर्शिता कायम हुनुपर्ने, सुशासन कायम हुनुपर्ने र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपाली एक महिना अघि सरुवा भएपनि हालसम्म किन कायम गरिएको लगायतका माग सहित धर्ना दिईएको नेपाल तरुण दल कोहलपुरका सभापति हरसिंह कठायतले बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकामा अनियमितता र भ्रष्टाचार, आन्तरिक प्रशासक कमिसन विरुद्धको अन्त्यको माग बारम्बार नगरप्रमुख र कार्यकारी प्रमुखलाई ज्ञापन पत्र मार्फत र डेलिकेसन मार्फत जानकारी सहित दवाव दिँदा पनि कुनै किसिमको सुधार नल्याएको र कार्यकारी सरुवाको एक महिना हुँदासम्म पनि कार्यक्षेत्रमा पठाउने माग सहित दुई घण्टा धर्ना दिईएको बताएका छन् । तरुण दलले “भ्रष्टाचार अन्त्य गर, छाडा पशुचौपाया नियन्त्रण गर, सर्प दँशको उचित व्यवस्था गर, हरेक वर्ष गरिने डिपिआर, सार्वजनिक गर,, चौमासिक सार्वजनिक सुनुवाइ कार्यन्यन गर, सार्वजनिक र सरकारी सम्पति सार्वजनिक गर, ढल निकासको उचित ब्यबस्था गर, सरकारी र सार्वजनिक सम्पत्तिको अतिक्रमण बन्द गर, हरेक वर्ष गरिने कोटेशन बन्द गर, कोरना खर्च सार्वजनिक गर र सार्वजनिक सम्पत्ति संरक्षण गर” जस्ता नारा लगाएर धर्ना दिईएको हो । त्यस्तै नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले कोहलपुर नगरपालिकाले संविधानका विरुद्ध, जनताको भावना विपरित विभिन्न कार्यहरु गर्दै आईरहेकोले त्यसका विरुद्ध यूवाहरु आवाज उठाउनुपर्ने बेला आएका छन् ।

४ असार २०७८ मा प्रकाशित
Nabintech