बाँकेमा ४४ जना थपिए, ९ डिस्चार्ज

पिपलबाेट संवाददाता


बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १८० नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ११० नमूना परीक्षण गर्दा ४१ जना, बागेश्वरी ल्याबमा २७ नमुना परीक्षण गर्दा २ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ४३ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये ८ जना बाँकेका छन् । जिल्लाका थप ५ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८३ हजार ३४४ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ४५५ जनामा संक्रमण पृष्टि भएको छ । साथै बाँके जिल्लाका ९ जना डिस्चार्ज भएका छन् । ४जना महिला र ५ जना पुरुष डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १७ हजार ३५ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या ८४ र अस्पताल र आइसोलेस सन्टेरमा ४३ जना रहेका छन् । त्यस्तै ७ जना भेन्टिलेटर र १९ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।

९ असार २०७८ मा प्रकाशित
Nabintech