कांग्रेस क्रियाशील सदस्यविरुद्ध उजुरी दिने म्याद असार १७ गतेसम्म

पिपलबाेट संवाददाता


महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा–१, काभ्रे –१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नम्बर १, २, ३ र ४ गरी ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयअनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसार प्रक्रिया पुर्‍याई विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्यसम्पन्न गरेको कांग्रेसले जनाएको छ ।

जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण प्रविष्ट गरी सार्वजनिक गरिएका क्षेत्र र जिल्लाका नामावलीउपर कुनै उजुरी, गुनासा वा सुझाव भए छानविन समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले असार १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने कांग्रेसले समयसीमा तोकेको छ ।

असार १७ गतेपछि प्राप्त हुने उजुरीउपर कुनै सुनुवाइ नहुने कांग्रेसले जनाएको छ ।

km.jpg

 

१३ असार २०७८ मा प्रकाशित
Nabintech