नीति, विधि र विधान विपरित कार्य भएको भन्दै नगरपालिकामा ताला बन्दी

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको ९औं नगर सभा संचालनको गर्ने क्रममा विधि प्रक्रिया र कानुन विपरित नगर सभामा आर्थिक वर्ष २०७८÷७९को लागी ल्याएको वजेट खारेजको माग गर्दै नेपाली काँग्रेस कोहलपुर नगरले कोहलपुर नगरपालिका तालाबन्दी गरेको छ ।
कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा र लेखा अधिकृत सुदिप सुनारको कोठामा तालाबन्दी गरिएको नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले
जानकारी दिएका छन् ।
केही जनप्रतिनिधि र कर्मचारीहरुले राज चलाउँदै ब्रह्मलुट मच्चाउन थालेपछि तालाबन्दी गरिएको नगर सचिव भण्डारीले जनाएका छन् । जनप्रतिनिधि र कर्मचारीकै
कारण नगरपालिकामा भ्रष्टाचार मौलाए उनको आरोप छ । उनले भने, ‘यहाँ चरम भ्रष्टाचार भएको छ । अख्तियारको टोलीले तत्काल छानविन गर्नुपर्छ ,नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएका छन् । नगरपालिकाका केही जनप्रतिनिधि र
कर्मचारीहरुको कमाउधन्दा चलाउने अया बनेको छ । असार ७ गते शुरु भएको नगर सभाले संशोधन सहित निति तथा कार्यक्रम पास भएपछि पास भएको निति तथा कार्यक्रम अनुसार वजेट तर्जुमा गर्नु पर्ने भएतापनि त्यस विपरित एक पक्ष रुपमा बजेट पारित
गरेपछि बिवाद बढेको हो ।


आईतबार एक विज्ञप्ती जारी गर्दै सचिव भण्डारीले कोहलपुर नगरपालिकाको ९ औं नगरसभाबाट संसोधन सहित निति तथा कार्यक्रम पास भएपछि बजेट प्रस्तुत गर्ने क्रममा नगरसभा संचालन विधि विधान निती कार्यविधि बिपरीत प्रक्रियासम्वत नभई अलोकतान्त्रीक चरित्र ब्यवहार देखाउने, बहुमतको गलत प्रयोग गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
आर्थिक अनिमियतता अन्त्य ,भष्ट्राचार जन्य क्रियाकलाप बन्द ,हरेक योजनामा हुने कमिशन बन्द ,नियमित सार्वजनिक सुनुवाई ,नियमित सुशासनका कार्यक्रम संचालन , अनियन्त्रित डि.पी.आर र कोटेशन बन्द , नियमित र विधिसम्मत नगर सभा संचालन ,स्थानीय निकायलाई सत्तापक्ष र प्रतिपक्ष नभई सहमतिय र सन्तुलित वनाईयोस् ,कोहलपुर नगरपालिकाको भित्र अनियमति र अनियन्त्रीत बेरुजु नियन्त्रण , कोरोना भईरसको तेस्रो भेरियन्टले बालबालिका तथा युवाहरुलाई अतिप्रभावित गरिएको देखिएकोले कोभिडबाल अस्पताल निर्माणका लागी बजेट विनियोजन गरियोस् ,कोहलपुर नगरपालिका द्धारा कोभिड खोप लगाईएका ब्यत्तिहरुको विवरण र कोरोना शिर्षकको खर्च
विवरण सार्वजनिक गरियोस् ,कोहलपुर नगरपालिका वडा नं. १४,१५,७,८,९, ४ लगायतका वडाहरुको पाएक पर्ने स्थान हवल्दारपुर रहेको उपस्वास्थ्य चौकीलाई नगर अस्पतालको हैसियतमा विकास तथा बजेट विनीयोजन गरियोस् ,सर्प दंश उपचार केन्द्र स्थापनि र छाडा पशुचौपाए प्रभावकारी व्यवस्थापन सहितका माग गरेर कोहलपुर नेपाली काँग्रेसले कोहलपुर नगरपालिका दुई शाखामा ताला वन्दी गरेको छ । माथिका माग पुरा नभएसम्म लगाईएको ताला वन्दी नखुल्ने नगर सचिव भण्डारीले वताए । विरोध कार्यक्रममा कोहलपुर तरुण दलका नगर सभापति हरि कठायतले कोहलपुर नगरपालिकाले आफुहरुले राख्येका माग पुरा नगरेर प्रहरी लगाएर अगाडि वढ्न खोज्यमा त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
यद्यपी नगरपालिकाका मेयर लुट बहादुर रावतले नितिसम्वत रुपमा बजेट ल्याईएको र नगर सभा समेत सम्पन्न भईसकेको प्रतिक्रिया दिएका छन ।

१३ असार २०७८ मा प्रकाशित
Nabintech