बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


जिल्ला प्रहरी कार्यालय बाँकेमा नया आउनुहुने प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीलाई स्वागत तथा प्रहरी उपरीक्षक ओम बहादुर राना विदाई गरिएको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देही कार्यरत प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंकोको पत्र अनुसार सुरुवा भै आफनो कार्यक्षेत्रमा आउनु भएको अधिकारीलाई आईतबार नेपालगन्जमा स्वागत गरिएको थियो ,यस्तै एक वर्ष देखि बाँके जिल्लामा रहेर जनताको मन जित्न सफल हुनुभएको प्रहरी उपरीक्षक ओम बहादुर राना सुरुवा भई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा जान लाग्नु भएको मा विदाई गरिएको थियो । यस्तै बाँके जिल्लमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेज्युलाई पनि स्वागत गरिएको थियो ।

१४ असार २०७८ मा प्रकाशित
Nabintech