नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले कोहलपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा र लेखा अधिकृतको कार्यकक्षमा लगाईएको ताला सहमति पश्यात मंगलबार खोलिएको छ । विभिन्न माग राख्यर नेपाली काँग्रेस कोहलपुर नगरले आईतबार नगरपालिकामा ताला लगाएको थियो । मंगलबार भएको आन्दोलन पक्ष र नगर प्रमुख विच भएको वाता पश्यात विभिन्न ९ बुदामा सहमत भएपछि ताला खोलिएको नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले वताए । आन्तरिक प्रशासनिक सुशासन र जवाफ देहितालाई पूर्व सहमति कार्यम गर्ने । नगरपालिका वाट तयार गरिने विस्तृत परियोजना प्रति वेदन र कोटेशनबाट गरिने विकास निर्माण सम्वन्धमा कामहरुलाई व्यवस्थित गर्ने । स्थानीय सरकार सञ्चालन ऐन २०७४ विद्यमान कानुनी र नीतिगत व्यवस्था बमोजिम नियमित कार्य सामाजिक परिक्षण , सार्वजनिक सुनुवाई लगाउत सुशासन र जवाफ देहिताका लागि आवश्यक पर्ने कामहरु नगर स्तरमा गर्ने । आ.व २०७८ ÷०७९को नीति कार्यक्रममा समावेश भए बमोजिम रझेना स्वास्थ्य चौकी र शम्शेरगंज चौकी लाई ल्याव सहित स्तरउन्नती गर्ने । आवा २०७८÷०७९नीति कार्यक्रममा समावेश भए बमोजिम कोभिड १९ तथा अन्य महामारिजन्य रोगवाट नगरवासीलाई सुरक्षित राख्न प्रयाप्त बजेटको व्यवस्थापन गर्ने । राजनितिक विषयमा सहमतिका साथ अगाडि बढ्ने । नगरपालिका परिसर भित्र अनाधिकृत रुपमा प्रवेश गरी हुल हुज्जत नगर्ने र कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना गर्ने । नगरपालिका समक्ष राऋनु पर्ने माग र सल्लाह सुझाव भए सवै राजनितिक दलको संयुक्त सहभागितामा पेश गर्ने मा सहमति गरिएको थियो । सहमति गर्नेमा कोहलपुर नगर प्रमुख लुट बहादुर रावत ,नेकपा एमाले कोहलपुर नगरकमिटि अध्यक्ष खिल प्रसाद भुसाल , नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुम बहादुर भण्डारी , वडा नं. ३का वडा अध्यक्ष माधव रिजाल , वडा नं. १०का वडा अध्यक्ष निम बहादुर चलाउने ,वडा नं. ७ का वडा अध्यक्ष दिपक जङ्ग् शाह , वडा नं. ५का वडा अध्यक्ष विष्णु तिवारी ,नगर कार्यपालिका सदस्य नारायणी वलि,गर कार्यपालिका सदस्य दिल वहादुर परियार ,तरुण दल कोहलपुरका सभापति हरि कठायत ,ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम प्रकाश चौधरी र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराई लगाएको सहभागितामा सहमति भएर ताला खोल्ने निर्णय गरीको थियो । बैठक कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट वहादुर रावतको अध्यक्षतामा वसेको थियो । ताला खोल्लने क्रममा नेपाली काँग्रेसका नगर सचिव भुम भण्डारीले कोहलपुरको विकास र सुशासनको पक्षमा आफु र आफुनो पाटी सधै लागी रहने वताए । उनले आहिलेको अवस्थामा धेरै दिन ताला लगाउनु भनेको त्यसको प्रत्यक्ष मारमा जनता पर्ने भएकोले नगरपालिका लाई सुध्रने अवसर दिनको लागी सहमति भएको वताए ।