कोभिड खाद्य बैंकद्धारा प्रहरीलाई माक्स हस्तान्त्रण

पिपलबाेट संवाददाता


कोभिड खाद्य बैंकद्धारा बटुवाको लागी प्रहरीलाई माक्स हस्तान्तण गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले बाटोमा हिड्ने पैदल यात्री तथा सवारी चालकलाई माक्स लगाउन अनिर्वाय गरेकाले विना माक्स आउनेहरुलाई उपलब्ध गराउने उद्देश्यका साथ कोहलपुर कोभिड खाद्य बैंकले १५०० पिस माक्स कोहलपुर ईलाका प्रहरी कार्यालयका
प्रहरी नायव निरिक्षक रविन्द्र खनाललाई कोभिड खाद्य बैंक संयोजक प्रदिप भट्टराईले माक्स हस्तान्तण गरेका हुन ।

प्रहरीले मंगलबार सडकमा चेक जाँच गर्ने क्रममा माक्स नलगाएका हरुलाई माक्स किन लगाउने गरेकाले यसरी जनतालाई माक्स किन लगाउन भन्दा प्रहरीले माक्स नलगाएका बटुवाहरुको लागी माक्स दिनको लागी माक्स वितरण गरिएको कोभिड खाद्य बैंकका सदस्य चेतकान्त भट्टराईले वताए ।

कोहलपुर ईलाका प्रहरी कार्यालयले मंगलबार नै सडकमा पैदल हिड्ने वटुवा तथा सवारी चालक सह चालकहरुलाई माक्स लगाउन
भन्दै माक्स वितरण गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक रविन्द्र खनालले वताए ।

धेरै मानिसमा माक्सको वारेमा जानकारी रहेतापनि केहि हुन्न भन्ने प्रविधिले गर्दा माक्स नलगाएर हिड्ने गरेको धेरै जना भेटिएको वताए । आगामी दिनमा माक्स नलगाउने हरुलाई नेपाल प्रहरीले वरिवाना गर्ने समेत खनालले वताए । नभएर नलगाएकाहरुलाई आफुहरुले माक्स दिने तर अटर गरेर माक्स नलगाएकाहरुका लागी कानुन अनुसार जरिवाना गर्न सकिने खनालले जानकारी गराए । मंगलबार ईलाका प्रहरीले माक्स लगाएर मात्र वाहिर हिड्डुल गर्नुहुन अनुरोध गरेको पर्चा पम्प्लेट टास समेत को छ ।

१५ असार २०७८ मा प्रकाशित
Nabintech