नेतृत्व विकासका लागि अग्रसर हुँदै राप्तीसोनारी ८का युवायुवती

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाँउपालीका वडा नं. ८ मा पाँच दिने उद्घोषण तालिम बिहिबार सम्पन्न भएको छ । राप्ती सोनारी गाँउ पालिका वडा ८ को आर्थिक सहयोगमा युथ भोलुम युवा क्लव कोहलपुरको आयोजनामा असार १२ देखि १६ गते सम्म संचालन भएको तालिमको बिहिबार समापन गरिएको थियो । तालिममा राप्ती सोनारी गाँउपालिका वडा नं. ८ का १८ जना युवा युवतीहरु तालिमा सहभागि रहेका थिए । समापन कार्यक्रमका प्रमुख अथिति वडा नं. ८का वडा अध्यक्ष खुम बहादुर बस्नेतले तालिममा सहभागी भएका सवै जसो सहभागीहरु विभिन्न ठाँउमा नेतृत्व गरीरहेका व्यक्तिहरु तालिममा सहभागी भएर केही सिकेकोमा धन्यवाद दिएका थिए । तालिमा सिकेका कुरा व्यवहारमा लागु गरेमा मात्र तालिमको सार्थकता हुने
वताए । सानो रकमको छोटो तालिम भएतापनि सहभागीहरुले धेरै सिकेकोमा खुसी लागेको बस्नेतले वताए । उनले अव आउने आर्थिक वर्षमा अझ बढि रकम विनियोजन गरेर लामो समयको तालिम संचालन गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमा युथ भोलुम युवा क्लवका सल्लाहकार भुम वहादुर भण्डारीले तालिममा सहभागीहरु ले उद्घोषण सुरुवातमा मात्र केहि डर लागेता पनि त्यसलाई प्रयोग गर्दै गएपछि सवै कुरा गर्न सहज हुने बताए । तालिमका प्रशिक्षक सुशिल सापकोटाले छोटो समयमा लगनसिल भएर तालिमा सहभागी भएकाले सहभागीहरुले धेरै कुरा सिकेको बताए । कार्यक्रमा सहभागीहरु सवैले आफुले तालिममा सिकेका कुराको वारेमा जानकारी समेत गराएका थिए । समापन कार्यक्रमको सभापतित्व युथ भोलुम युवा क्लवका अध्यक्ष चेतकान्त भट्टराईले राप्ती सोनारी गाँउपालिकाले आफुहरुलाई तालिम संचालन गर्न दिएको वडा कार्यालयलाई धन्यवाद दिएका थिए । उनले भने युवाहरु क्षमता विकास गर्ने हेतुले तालिम संचालन गरेकोले अव तालिममा सहभागी भएका युवाहरुले समुदायमा नेतृत्व गर्ने कुरामा आफु विश्वस्थ रहेको वताए । कार्यक्रमा वडा नं.८का वडा सचिव , युथ भोलुमका सचिव शिवध्वज शाही , पत्रकार श्याम विष्टको सहभागीता रहेको थियो । उक्त १ हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागि भएकी राप्तीसोनारी गाँउपालिका वडा नं. ८ कि मिन वि.कले वडा स्तरमा युवायुवतीहरुका लागि संचालन गरिरहेको तालिमले आगामी दिनमा वडा स्तरमा हुने कार्यक्रमहरु आफुहरुले आयोजना गर्ने बताइन् । वडा स्तरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुका लागि उद्घोषकको जिम्मेवारी समाल्नुका साथै महिलाहरुले नेतृत्व विकासका लागि वडाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

 

 

१७ असार २०७८ मा प्रकाशित
Nabintech