पूर्ण सरसफाईको अभियानमा खानेपानी महासंघ

पिपलबाेट संवाददाता


नेपालगञ्ज उपमहानगरपालिका वडा नंं २०मा बिहिबार पूर्ण सरसफाई चेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको सहयोगमा १ दिने पूर्ण
सरसफाई चेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भद्र बहादुर देवकोटाले बताए ।
उक्त १ दिने पूर्ण सरसफाई चेतना अभिवृद्धि तथा सरसफाई कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष देवकोटाले आफ्नो घर आगनको फोहरलाई व्यवस्थापन गर्नका लागि उपभोक्ताहरुले चासो राख्नुपर्ने र सार्वजनिक ठाँउहरुमा फोहोर व्यवस्थापनमा सबै सरोकारवालाहरुले चासो राख्नुपर्ने बताए ।त्यस्तै कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका कोषाअध्यक्ष याम बहादुर रावतले पूर्ण सरसफाईको अभियानलाई स्थानिय तहहरुसंग सम्वन्य गरी आम उपभोक्ताहरुलाई सचेतगराउनुपर्ने बताएका छन् । साथै कोषाअध्यक्ष रावतले शुद्ध खानेपानी पिउने अभियानलाई अगाडी बढाउने बताएका छन् । उक्त १ दिने प्रशिक्षण कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेकी अधिकृत हिम कुमारी पुन, मेनका आर्चाय ,भगवती न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिएका थिए ।लामो समयदेखी कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण वडामा विभिन्न चेतनामूलक तथा सरसफाईका कार्यक्रममा बन्द रहेका थिए । बन्दाबन्दी खुकुलो भएपछी नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० मा विकास निर्माणमा योजनाहरु र अन्य लक्षित वर्गका कार्यक्रमहरु , सरसफाईका कार्यक्रमहरुलाई तिव्रता दिइएको छ । पुर्ण सरसफाई चेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रममा वडा नं. २० मा शुद्ध खानेपानीका लागी निर्माण हुने लागेका खानेपानी योजनाहरुलाई व्यवस्थापन गरी घरघरमा खानेपानी पु¥याउनका लागि उपभोक्ता समितीले आफ्नो कामलाई तिव्र पारिरहेको छ । खानेपानी उपभोक्ता महासंघले बाँके जिल्लामा रहेका खानेपानीका योजनाहरुलाई मर्मत सम्भार, नयाँ निर्माणका लागि विशेष पहल कदमीहरु चाल्दै आएको छ भने पूर्ण सरसफाईका कार्यक्रमहरुलाई बाँकेका स्थानिय तहहरुमा संचालन गरिरहेको छ । उक्त अभिमुखिकरण कार्यक्रमका सहजिकरण खानेपानी उपभोक्ता महासंघ बाँकेका सचिव शेर बहादुर घर्तीले संचालन गरेका थिए ।

१७ असार २०७८ मा प्रकाशित
Nabintech