छाडा पशु चौपाय धपाउदै कोहलपुर प्रहरी

पिपलबाेट संवाददाता


निर्वाचन भएको साढे ३ बर्ष सम्म जनप्रतिनिधि छाडा पशु चौपाया समस्या समाधानका लागि निस्कृय जस्तै बनेका
छन् । पछिल्लो सयम जनप्रतिनिधी छाडा पशु चौपाया समस्या समाधान गर्नुभन्दा एक अर्कामा आरोप प्रत्यारोप
लगाईरहेका छन् ।


कोहलपुर नगरपालिका विभिन्न सडकहरुमा छाडा पशु चौपायको चाप बढेकोले सम्भावित सडक दुर्घटनाबाट बच्नका लागि प्रहरीले छाडा पशु चौपाय धपाउदै आएको छ । केही दिन यता कोहलपुरका विभिन्न क्षेत्रमा सडकका छेउछाउमा छाडा पशु चौपायहरुको व्यापक रुपमा बढेको देखिन्छ । दिनप्रतिदिन छाडा पशु चौपाय सडकका छेउछाउमा बढिरहेकोले सवारी दुर्घटनाहरु बढ्ने सम्भावना देखिदै आएको छ । छाडा पशु चौपायका कारण कोहलपुरका विभिन्न क्षेत्रमा सवारी दुर्घटनाबाट कतिपय सवारी चालकहरुले ज्यान समेत गुमाईसकेका छन् । छाडा पशु चौपाय व्यवस्थापनका लागि स्थानिय सरकार कोहलपुर नगरपालिकाले व्यवस्थापनको पक्षमा कुनै चासो देखाउन सकेको छैन । कोहलपुर नगरपालिका चौराह क्षेत्र, बसपार्क क्षेत्र, गोलपार्क क्षेत्र, पिपरी चौक,हाइस्कुल चोक लगायतका ठाँउहरुमा छाडा पशु चौपायहरुको बसोबास क्षेत्र नै बनेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी नायव उपरीक्षक रबिन्द्र हमालका अनुसार कोहलपुर क्षेत्रमा छाडा पशु चौपायका कारण सवारी दुर्घटना बढ्ने सम्भावना भएकाले प्रहरीले समेत छाडा पशु चौपाय धपाउन बाध्य भएको बताएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै ३ बर्ष पुगेपनि छाडा पशु चौपायाको समस्या समाधान हुन सकेको
छैन । स्थानीय तहको निर्वाचन सम्पन्न लगत्तै कैलालीका सवै स्थानीय तहका जनप्रतिनिधीले छाडा पशु चौपाया नियन्त्रण गर्ने उद्घोष गरेका थिए ।


छाडा पशु चौपायाले वाली तथा बारीमा रहेको तरकारी फलफुल नोक्सान गरिरहेको कोहलपुर नगरपालिका वडा नं.२ का शेर बहादुर शिह बताउँछन् छाडा पशु् चौपायाले वाली तथा घरमा लगाईएको करेसा वारी नष्ट पार्न थालेपछि किसान रातभर जाग्राम बस्नु पर्ने बाध्यता देखिएको छ ।


‘एक दुई दिन बिरायर आउने छाडा चौपायाले बारीमा लगायको तरकारी, बोट बिरुवा केही बाँकी छैन’ उनले भने‘अब त बारी बाँझै राख्नु पर्ने अबस्था आईसक्यो ।’ स्थानीय तहको निर्वाचन नहुँदै छाडा पशु चौपाया व्यवस्थापन गर्ने मुद्दा बनाएर प्रचार प्रसार गर्दै चुनावमा होमिएका जनप्रतिनिधीले चुनाव सम्पन्न भएको ३ वर्ष सम्म पनि सो समस्या समाधान नगरेको उनको आरोप छ ।
स्थानीय तहले पशु चौपाया व्यवस्थापन गर्न थालेको भन्ने सुनेपनि समस्या भने ज्यूका त्यू रहेको कोहलपुर नगरपालिका वडा नं.३ कि कमला बुढा बताउँछिन ।
‘धान रोपेको वेला धान खाएर केही बाँकी राखेनन’ उनले भनिन्‘अहिले करेसाबारीदेखि खेतमा लगायको तरकारी खाएर सकिसके, अब तरकारी पनि कसरी जोगाउने होला चिन्ता लागेको छ ।’
छाडा पशु चौपाया समस्या समाधान गर्न आफूहरुले पटक
पटक वडाका जनप्रतिनिधीहरु लाई जानकारी गराए कुनै चासो नदेखाएको बताइन् । वाली नाली संगै छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । हाइवे तथा बजारका मुख्य सडकमा हुलका हुल छाडा चौपाया बस्ने र हिडने गरेका कारण दुर्घटना निम्तिने गरेको सवारी चालकहरुको भनाइ छ ।

१७ असार २०७८ मा प्रकाशित
Nabintech