जेठको पहिलो साता हिंसा पीडत वीरेन्द्रनगरकी निशा सुनार बिरामी भएर थलिएकी थिइन् । घरपरिवार र श्रीमान्बाट अलग भएकी निशा रोग र भोकसँग लडिरहँदा उनको साथमा सानी छोरी मात्र थिइन् । मजदुरी गरेर गुजारा चलाउँदै आएकी निशाले कोभिड महामारीमा काम पाइनन् ।
दैनिक ज्याला मजदुरी गर्न नसेपछि उनी छोरीको साथमा कयौँ रात रोग र भोकसँग लड्दै थिइन् । ‘साँझ बिहान खाने केही थिएन, मजदुरी गरेर किनेको चामल सकिएको थियो’, उनी भन्छिन्,‘आमा छोरी कति रात त भोकै सुत्यौँ, भोकै सुत्दा त निद्रा नै परेन ।’
यतिमात्र होइन निशाको तर्फबाट गीताले नै निःशुल्क घरेलु हिंसाको मुद्धामा साथ दिएकी छन् । निशाजस्तै पीडित लक्ष्मी शाहीको पनि अवस्था दयनीय थियो । उनको घरमा पनि राहतका सामाग्री लिएर पुगिन् । लकडाउनको समयमा गीताले दिएको राहतका सामाग्रीले उनी लक्ष्मी खुसी भइन् ।
‘मलाई जहाँ अप्ठेरो पर्छ त्यही गीता मेडम आउनुहुन्छ’, लक्ष्मीले भनिन्,‘हाम्रो लागि त उहाँ भगवान बनेर आउनुभएको छ ।’
निशा र लक्ष्मी मात्र होइन अधिकांश पीडित महिलाले गीताको साहारा पाएका छन् । निषेधाज्ञाकै समयमा गीताले ३१ जना पीडित महिलाको घर घरमै पुगेर राहत वितरण गरिन् । माहामारीको समयमा उनी एक दिन पनि घरमा बसिनन् । कोभिड माहामारी र निषेधाज्ञाका कारण पीडित महिलाको अवस्थाले गीताको मनमा छट्पटी छुट्थ्यो ।
‘कोभिडको बेलामा हुने खाने घरमा पो घरभित्रै बसेर खाइरहने होला नहुने परिवारलाई त रोग भन्दा भोकको समस्या बढी थियो’, उनले भनिन्,‘सामान्य परिवारमा पनि यो बेला कठिन थियो भने जो वर्षाैदेखि आँशुमा डुबिरहेका छन् उनीहरुको कस्तो अवस्था होला यस्तो अवस्थामा पीडितसँग पुगेकी हुँ ।’