असारे विकासका नाममा भएको चरम आर्थिक दुरुपयोग प्रति कोहलपुर काँग्रेसको ध्यानाकर्षण

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुरले असारे विकासका नाममा चरम आर्थिक दुरुपयोग गरेको कार्य प्रति आफ्नो ध्यानाकर्षण भएको वताएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुम बहादुर भण्डारीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ कोहलपुर नगर पालिकाको कार्यालय द्वाराआ. व. को अन्त्य तिर असारे बिकासका नाममा चरम आर्थिक दुरुपयोग भएको कार्य प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ , नगरपालिका कार्यालयद्वारा सम्पादन हुने हरेक योजना तथा बिकास निर्माणलाई सकारात्मक तथा आलोचनात्मक रुपमा लिदै असल राजनीतिक जिम्मेवारी पूरा गरेकै छौ । पटकपटक कोहलपुर नगरपालिकालाई मौखिक लिखित रुपमा विभिन्न ज्ञापन पत्र तथा मागहरु राखेरै सचेत गराउदा समेत नागरिक जवाफदेहीता, प्रशासनिक सुधार र सुशासन कायम गर्नुको साटो कोहलपुर नगरपालिका झन झन अनियमितता र कमिसनको खेलमा फस्दै जानू दुःखद र निन्दनीय छ । कोहलपुर नगरपालिका कार्यालयको ९औं नगर सभा संचालनकै अवधिमा विभिन्न विषयमा छलफल भै गरिएको सहमति कार्यान्वयन गर्नुको साटो अनियमित र अनियंत्रित कोटेसनलाई लिएर नेपाली काङ्ग्रेस र तरुण दलको नाम जोडिएको विषय घोर निन्दा व्यक्त गर्दछौ पार्टी संगठनलाई बदनाम गर्ने कार्य तत्काल बन्द गर्न सम्बन्धित सबैलाई चेतावनी सहित सचेत गराइन्छ । कोहलपुर नगरपालिका कार्यालया बाट आर्थिक बर्षको अन्त्यमा योजना बिकासका नाममा कोटेसन बनाउदै आर्थिक दुरुपयोग गरिरहेको कार्य तत्काल बन्द गर्न जोडदार माग गर्दछौ अन्यथा कोहलपुरको आर्थिक समृद्धि र सुशासन मैत्री बिकासका लागि नेपाली काङ्ग्रेस सशक्त प्रतिरोध गर्न बाध्य हुने जानकारी गराउदछौ । यस्तै कोहलपुर तरुण दलले पनि केहि दिन पहिला नगरपालिकालाई आफ्नो ध्यानाकर्षण पत्र नगर प्रमुख लाई बुझाएको थियो ।

२३ असार २०७८ मा प्रकाशित
Nabintech