नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका हुन ।
गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँकेप्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १९, फुटाहाबाट शेषलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको छ । बुधबार दिउँसो २ः३० बजे साईकलमा पुरैनाबाट राझाँतर्फ जानेक्रममा चेकजाँच गर्दा शेषको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । यद्यपी शेषले पेस्तोल कुन प्रयोजनका लागि राखेका हुन् भन्ने विषय खुलिनसकेको र अनुसन्धान प्रक्रिया सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२३ असार २०७८ मा प्रकाशित