बैभव लक्ष्मीद्धारा जेष्ठ नागरिक पार्कमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन

पिपलबाेट संवाददाता


बैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.कोहलपुरले शनिबार बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले कोहलपुर नगरपालिका वडा नंं. ११मा रहेको जेष्ठ नागरिक पार्कमा सरसफाई तथा बृक्षारोपण गरेको सहकारीकी अध्यक्ष सुभद«ा शर्माले वताईन ।

शर्माले सहकारी संस्थाका सात सिद्धान्त मध्ये एक सिद्धान्त समुदाय प्रति साचो भन्ने सिद्धान्तका आधारमा आफुहरुले र्पाक सरसफई तथा बृक्षारोपण गरेको वताईन ।पार्कमा विभिन्न जातका फुलका विरुवा लगाउनुको साथैत्यहा लगाईएका फुलहरुलाई गोरमेल समेत गरेको शर्माले जानकारी गराईन् । जेष्ठ नागरीककी कोहलपुर अध्यक्ष डम्मर कुमारी घिमिरेले सहकारीले सरसफाई गरेर सहयोग गरेकोमा धन्यवाद दिएकी थिईन् । सहकारीले रुख रोपौं वाताकरण स्वच्छ राखौं भन्ने नाराका साथ बृक्षारोपन गरेका हुन ।

 

२६ असार २०७८ मा प्रकाशित
Nabintech