लुम्बिनी बिकास बैंक नेपालगन्ज शाखाले बैंकको १४ औं वार्षिकोत्सब कार्यक्रम नेपालगन्जमा मनाएको छ ।
लुम्बिनी बिकास बैंक नेपालगन्ज शाखाले बैंक स्थापनाको १४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि नेपालगन्जमा मनाएको
हो ।बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक, शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट प्राप्त सहयोग, शुभेच्छाको लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप आधुनिक,गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा निरन्तर सहयात्राका साथ प्रदान गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।लुम्बिनी बिकास बैंकले हाल देशभरका ७२ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको लुम्बिनी बिकास बैंक नेपालगन्ज शाखाका प्रमुख अमित श्रेष्ठले बताए ।बैंकले हालसम्ममा २८ अर्ब ८७ करोड निक्षेप संकलन गरी २५ अर्ब २६ करोड कर्जा प्रवाह गर्नुका साथै आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गरी उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको नेपालगन्ज शाखाको कर्जा प्रमुख सुनिल केसीले बताए । उक्त अवसरमा बैंकले आफ्नो प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा कर्मचारीहरुका बीच शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको
छ ।