कोहलपुरमा दीप प्रज्वलन गरेर सर्वोच्चको फैसलाको स्वागत

पिपलबाेट संवाददाता


सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको फैसलालाई कोहलपुरमा विपक्षी नेपाली काँग्रेस र नेकपा माओवादीले दीप प्रज्वलन गरी स्वागत गरेका छन् ।नेपाल तरुणदलले कोहलपुर बसपार्क खेखि कोहलपुर चौराहा देखि हाईस्कुल चोक हुदै पुन कोहलपुर चौराहा सम्म बाईक ¥याली गरेका थिए । बाईक ¥यालीको संयोजन नेपाल तरुण दलका नगर सभापति हरि कठायतले गरेका थिए । ¥याली कोहलपुर चौराहामा पुगेपछि चौराहामा नेपाली काँग्रेस कोहलपुर नगर र नेकपा माओवादी कोहलपुरको सयूक्त आयोजनामा दीप प्रज्जलन
गरिएको थियो ।दिप प्रज्वलमा सम्वोधन गर्दै बाँके जिल्ला क्षेत्र नंम्वर १का सांसद महेश्वरराज गहतराज अथकले सम्वोधन
गरेका थिए । संविधानको रक्षा संगै यो दिन ल्याउनका लागि

निरन्तर खटिरहने सम्पूर्ण पार्टीका व्यक्तिहरुलाई बधाई र धन्यवाद दिएका थिए । देशमा अझै पनी कुनैपनी शासकले संविधान भन्दा माथी कोही पनी नरहेकोले सबैभन्दा माथी जनता र सविधान रहेको समेत बताएका छन् । नेपाल तरुण दल कोहलपुर नगर सभापति हरि कठायतले जनताको जित भएको दिन भएकाले खुसियाली मनाउनु पर्ने वताए । केपि ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा नेपाल तरुणदल हर समयमा विरोध गदै आएको वताए ।


उनले कोहलपुर नगरपालिकाले समेत कोहलपुर बासीलाई नया दिन नसकेको समेत वताए यस विषयमा नेपाल तरुणदल निरन्तर खवरदारि गरि रहेको समेत वताए ।

२८ असार २०७८ मा प्रकाशित
Nabintech