दुध उत्पादन गर्ने ‘किसानलाई दुई रुपैया अनुदान’

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकका वडा नम्बर १० मा रहेको ए वान डेरी उद्योगले डेरीमा दुध विक्रि गर्ने किसानलाई प्रतिलिटर दुई रुपैया अनुदान प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले किसानका लागी दुधमा प्रतिलिटर २ रुपैया प्रोसाहन अनुदान दिएको हो । प्रतिफलमा आधारित भएर मन्त्रालयले किसानलाई अनुदान दिने निति ल्याएपछि जसले जति उत्पादन गर्छ त्यसरी नै उत्पादनको आधारमा उसलाई अनुदान दिन थालेको हो ।

प्रोत्साहन अनुदान वितरण गर्ने कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पसुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले उत्पादनमा आधारित अनुदान पाउन दुध मात्र नभएर तरकारी, मासु, फलफुल लगाएतमा पनि पाउन सकिने बताउनुभयो । उहाँले उत्पादनमा आधारित अनुदान लिन किसानहरुले सस्थागत रुपमा आउन पर्ने उल्लेख गर्नुभयो ।

महादेपुरी दुग्ध उत्पादक सहकारी सस्था मार्फत ए वान डेरीमा विक्रि गर्ने १४५ जना किसानहरुलाई आज एक कार्यक्रमका विच प्रतिलिटर दुई रुपैयाका दरले अनुदान वितरण गरिएको हो । डेरिले २ लाख ३४ हजार २ सय ८५ रुपैया उत्पादनमा आधारित अनुदान किसानलाई वितरण गरेको हो ।

२८ असार २०७८ मा प्रकाशित
Nabintech