वडाको सिफारिस विपरित नगर प्रमुखद्धारा कार्यकर्ता भर्ना

पिपलबाेट संवाददाता


कोहलपुर कोहलपुर नगरपालिका नियम विपरित कर्मचारी नियुक्त गरेको छ । कोहलपुर १५ नं. वडा कार्यालयको कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो ।कोहलपुर नगरपालिका वडा नं. १४ का तिल कुमारी बि.क.लाई वडा नं. १५ को वडा कार्यालयमा कार्यालय सहयोगी नियुक्त गरीएको विषयले विवादको रुप लिएको छ । वडा कार्यालयमा कार्यरत एक जना कर्मचारीले राजिनामा दिएपछि १५ नं. वडा कार्यालयमा एउटा दरबन्दी रिक्त रहेको थियो । सोही ठाँउमा नगरपालिकाले मनोमानी ढंगले कर्मचारी नियुक्त गर्न आदेश दिएको र अपारदर्शी तरिकाले कर्मचारी राखेको कुरा बाहिएिको छ । वडा कार्यालयले उक्त पदमा सुनिता मगरलाई नियुक्त गर्नेनिर्णय गरी सकेको अवस्थामा नगरपालिकाले विकलाई नियुक्त गर्न आदेश दिएपछि नगरपालिका र वडा कार्यालय बिच विवाद देखिएको छ । १५ नं. वडा कार्यालयका कावा वडाध्यक्ष अनिता कुमारी बुढाथोकीले वडा समितिको निर्णय अनुसार वडा नं. १५ कै सुनिता मगरलाई कार्यालय सहयोगीमा नियुक्त गर्न नगरपालिकालाई सिफारीस गरेकी थिईन । तर नगरपालिकाले उक्त सिफारीसलाई व्यवास्ता गर्दै गैरवडावासीलाई जवरजस्ती नियुक्ती दिएपछि विवाद बाहिरीएको हो ।कोहलपुर नगरपालिका वडा नंं १५को प्रसुति कक्षमा कार्यालय सहयोगी संगिता बि.क विना जानकारी असार २६गते देखि कार्यालयमा अनुपस्थिती भएकी थिईन् । कोहलपुर नगरपालिकाले पठाएको कार्यालय सहयोगी लाई वडाले हाजिर गर्न नदिए पछि नगर पालिकाले पुर्न नगर स्वास्थ्यमा रहेकी मेघा वि.क लाई पठाउन खोज्दा जान नमाने पछि नगर स्वास्थ्यमा करारमा रहेकी गंगा दमाईलाई पठाएको श्रोतले वताएको छ । यता राती को समयमा नियुक्ती ज्याला दारीमा राखिएकी तिल कुमारी विकलाई नगर स्वास्ग्यमा हाजिर गराएर नगर स्वास्थ्यमा करारमा रहेकी गंगा दमाईलाई १५ वडाको प्रसुतीगृहमा पठाई जनतालाई भ्रमित पारेर आफ्ना कार्यकर्ता भर्नेकाममा नगर प्रमुख लागेको नेपाली काँग्रेसका नगरसचिव भुभ वहादुर भण्डारीले वताए । कर्मचारीको ठाँउमा दरवण्दी पुर्न कर्मचारी पठाएर विबाद सिर्जना गरेका छन् । कुनै पनि कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना प्रकाशित गरि प्रतिस्पर्धाको आधारमा नियुक्ति गरिन्छ तर, सबै प्रक्रिया र विधि पद्धतिलाई चुनौति दिदै रातारात कर्मचारी नियुक्ति गर्नुले कोहलपुर नगरपालिकाको सुशानको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिब भुम भण्डारीले बताए । १५ नं. वडा कार्यालयले थप कर्मचारीको आवश्यक्ता नपरेको प्रतिक्रिया दिएपछि अहिले नगर स्वास्थ्य कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगीलाई वडा कार्यालययमा पठाउने र नयाँ कर्मचारी बि.क.लाई नगर स्वास्थ्य कार्यालयमा राख्ने तयारी भैरहेको नगरपालिका स्रोतले जानकारी दियो ।कोहलपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले बि.क.लाई करारमा नभएर दैनिक ज्यालादारीमा नियुक्ति गरेको स्वीकार गरे । ज्यालादारीमा नियुक्ति पाएकी उनलाई स्वास्थ्यमा जिम्मेवारी तोकिएको समेत बताए । यस विषयमा बुदा नगर प्रमुख लुट बहादुर रावतले तत्कालकालागि कर्मचारी आवश्यक देखिएकाले दैनिक ज्यालादारीमा एक जना कर्मचारी नियुक्त गरीएको बताए । उनले खाली रहेको दरबन्दीमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया लामो हुने भएकाले उक्त प्रक्रियाबाट नयाँ कर्मचारी नआउँदासम्म स्थानिय एक महिलालाई दैनिक ज्यालादारीमा काम गराउन वडा कार्यालयलाई आग्रह गरीएको उल्लेख गरे । नगर प्रमुख रावतका अनुसार प्रमुख प्रशासकिय अधिकृत न आईसकेकाले तत्काल रिक्त दरबन्दीकालागि प्रक्रिया अगाडी बढाउन नसकिएको भन्दै छिट्टै प्रक्रियागत रुपमै कर्मचारी भर्ना गरीने दाबी गरे ।

२ श्रावण २०७८ मा प्रकाशित
Nabintech