कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा टोपेन्द्र के.सी आईतबार हाजिर भएका छन् । बाँसगढी नगरपालिका बर्दियामा कार्यरत रहेका केसी कोहलपुर नगरपालिकामा सरुवा भएर आएको हुन । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीको जेष्ठ २ गते सरुवा भएको थियो । नेपालीले को सरुवा भएतापनि असार १३ गते नेपाल तरुणदल लगाएत कोहलपुरका सचेत नागरिकको को दवाफ पछि कार्यालय छाडेका थिए । त्यस पछि कोहलपुर नगरपालिकाले असार महिनाको समय भएकाले निमित प्रमुख प्रशासकिय अनन्त पौड्याललाई आर्थिक अधिकार सहितको जिम्मेवारी दिएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले कोहलपुर नगरपालिकामा हाजिर हुदै उनले मातहतका शाखा प्रमुखहरुसंग भेट गदै उनले आफुले कोहलपुर नगरपालिकाको आवासको सेवा नलिने वताएका थिए । आफु प्रशासन सुधार र सुशासनको विषयमा कसैसंग कुनै पनि सम्झौता नगरे वताए ।