काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मनाङ बाढी पहिरो पिडितका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले मनाङको चामेमा गएको पहिरोबाट पीडितका समस्या समाधान गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका
हुन् ।
सोमबार गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ लगायतलाई खाँणले मन्त्रालयमा नै बोलाएर छलफल गरेका थिए ।
छलफलमा सडक विभागका महानिर्देशक अर्जुन थापा, उपरथी शरदलाल श्रेष्ठ, त्यहाँ काम गरिरहेका प्रमुख सेनानी (इञ्जिनियर) इन्दिवर गुरुङलाई पनि सहभागी थिए । त्यस्तै गृहमन्त्री खाँणले बेसीसहरबाट खाध्यान्न चामेसम्म पुर्याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नसमेत निर्देशन दिएका छन् ।
‘मनाङबासीका लागि खाद्यान्न बेसी सहरसम्म पुर्याउने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न र औषधि चामेसम्म पुर्याउन मन्त्रीज्यूबाट निर्देशन भएको छ,’ गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले भने ।