कोहलपुरका युवाहरुद्वारा सन्तानेश्वर मन्दिर परिसरमा सरसफाई

पिपलबाेट संवाददाता


कोहलपुरका सक्रिय युवाहरु द्वारा सन्तानेश्वर महादेब मन्दिरपरिसर क्षेत्रमा सरसफाई गरेका छन् । नरैनापुर गाँउपालिकामा रहेको सन्तानेश्वर महादेब मन्दिर परिसरमा दर्शन गर्ने जाने भक्त जनहरुले खाएका पानीका बोतल , चाउचाउ, श्यामबार , बिस्कुट, दालमोट लगाएतका खाने कुराहरुको फोहोर जताततै फाल्दा मन्दिर परिसर फोहर हुन थालेको छ । मन्दिर परिसर मा रहेको फोहोर कोहलपुरका युवाहरुले सरसफाई गरेका हुन । सरसफाई गर्ने युवाहरु भुम बहादुर भण्डारी, चेतकान्त भट्टराई , सनत रेग्मी , भिम पौडेल, दिपेन्द्र कठायत, शिवध्वज शाही र हरी काफ्ले गरेका छन् । प्राकृतिक सुन्दर ठाउमा जाने भक्तजनले सरसफाईमा ध्यान दिनु पर्ने देखिन्छ । नरैनापुर गाउ पालिकाले ठाउ ठाउमा फोहोर फाल्ने ठाउ बनाए पनि फोहोर जताततै फाल्दा सुन्दर ठाउमा र्दुगन्ध हुने खतरा बढेको छ । यस तर्फ सवै सचेत रहनु पर्ने हुन्छ ।

७ श्रावण २०७८ मा प्रकाशित
Nabintech