युवाहरुलाई खेल समाग्री हस्तान्तरण

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुर वडा नं.३ले खेल प्रेमी युवाहरुको लागी खेलकुद समाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका वडा नं ३को किरण नाला खेल मैदानमा भएको वितरण कार्यक्रमा प्रमुख अतिथि कोहलपुरका समाज सेवी जागेश्वर चौधरीले आजको आवश्यकता भनेको सवल र सक्षम युवाहरुको आवश्यकता मुलुकमा रहेको वताए । देशमा वढ्दै गएको लार्गुऔषध को कुलतमा धेरै युवाहरु फस्दै गएको देखिन्छ । त्यसको लागी युवा वर्ग खेलकुदमा लागेमा कुलतमा लाग्नवाट मुक्त हुने उनले दावि गरे । खेलकुदमा लागेका युवाहरुमा अनुसासित हुने उनले वताए । कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस वठा नं. ३का कार्यबाहक वडा सभापति गणेस बहादुर थापाले गरेका थिए । कार्यक्रमा युवा समाज सेवी प्रदिप शाह,दोर्ण प्रसाद जैसी ,नेपाली काँग्रेस वडा सचिव शसिराम परियार , शुशिल भट्टराई ,युवा सहयोगी अर्जुन तिवारी लगाएतको सहभातिगा रहेको थियो । कार्यक्रमा युवाहरुलाई भलिबल ,भलिबल नेट र ज्ञाम ड्रेस हस्तान्तरण गरेका थिए ।

१० श्रावण २०७८ मा प्रकाशित
Nabintech