राप्तीसोनारी गाउँपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्रलाई एम्बुलेन्स सहयोग गरेको छ । सोमबार पालिकाले वडा नम्बर ८ मा रहेको सर्पदंश उपचार केन्द्रलाई १२ लाख रुपैयाँको एम्पुलेन्स हस्तान्तरण गरेको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पालिकाका अध्यक्ष लाहुराम थारुले वडा नम्बर ८ का वडा अध्यक्ष एवम् सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर बस्नेतलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । केन्द्रको आफ्नै एम्बुलेन्स भएपछि सबै प्रकारका बिरामीलाई उपचार गर्नका लागि ल्याउन र लैजान सहज हुने वडा अध्यक्ष बस्नेतले बताए ।
पालिकाका अध्यक्ष थारुले राप्तीसोनारी गाउँपालिकालाई स्वास्थ्यका क्षेत्रमा दीर्घकालीनरुपमा सबल बनाउनका लागि विभिन्न क्षेत्रसँगै केन्द्रलाई पनि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । पालिका उपाध्यक्ष धनीकुमारी खत्री पालिकाका हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन गाउँपालिकाले सकेसम्मको काम गरिरहेको बताइन् ।
हालसम्म पालिकाले स्वास्थ्य क्षेत्रलगायत विभिन्न क्षेत्रमा आफ्नै लगानीमा ६ वटा एम्बुलेन्स खरिद गरी वितरण गरी सकेको छ ।
कार्यक्रममा अर्जुनवाण गणका प्रमुख मिलनध्वज खाँड, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति गोबर्धनसिंह सम्झना, नेपाल रेडक्रस सोसाइटी कचनापुर सभापति नरेन्द्रकुमार पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष चन्द्रबहादुर वलीलगायतको सहभागीता रहेको थियो ।