रोकिराखेको बसमा अज्ञात समूहद्वारा आगजनी

पिपलबाेट संवाददाता


तुलसीपुरको कालाखोलामा रोकिराखेको बसमा अज्ञात समुहले आगजनी गरेको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा आइतवार राती बसमा आगजनी भएको हो । रा १ ख १८९२ नम्बरको बसमा रातीको समयमा बसमा आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन् ।
प्रहरीको अनुसार बसमा रातीको करिव २ बजे तिरको समयमा आगजनी भएको थियो । राती नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । उक्त बस बिग्रिएका कारण ४–५ दिन देखि उक्त ठाउँमा रोकिराखेको थियो ।

 

११ श्रावण २०७८ मा प्रकाशित
Nabintech