कांग्रेसमा क्रियाशील सदस्यको एक तिहाइ संख्या युवाको

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको क्रियाशील सदस्यताको एक तिहाइ संख्या युवाको रहेकाे छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको क्रियाशील सदस्यहरूको वर्गीकरणमा ३३ प्रतिशत संख्या युवाकाे देखिएकाे छ ।

राजनीतिप्रति युवाको वितृष्णा बढिरहेका बेला कांग्रेसको क्रियाशील सदस्यता लिनेहरूमा भने पूरै पार्टीको एक तिहाइ अर्थात् झण्डै ३३ प्रतिशत ४० वर्षमुनिका युवा देखिएका छन् । युवाहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका ४ दशमलब ५९ प्रतिशत छन् भने २६ देखि ४० वर्ष उमेर समूहका २८ दशमलब ३८ प्रतिशत छन् ।

कांग्रेसमा सबैभन्दा धेरै सदस्य भने ४१ देखि ६० वर्ष उमेर समूहका छन् । योसमुहका क्रियाशील सदस्यहरू ३७ दशम्लव ३ प्रतिशत छन् । ६१ देखि ७५ वर्ष उमेर समूहका भने कांग्रेसमा ९ दशमलब ४३ प्रतिशत रहेका छन् ।

रोचक पक्ष त के छ भने ७५ वर्षभन्दा माथिका क्रियाशील सदस्यको संख्या पनि कांग्रेसमा उल्लेख्य छ । कांग्रेसका कुल क्रियाशील सदस्यको एक दशमलब ३३ प्रतिशत संख्या ७५ वर्ष माथिका क्रियाशील सदस्यको छ । जुन संख्यामाभन्दा ११ हजार ७ सय ८२ हो ।

१२ श्रावण २०७८ मा प्रकाशित
Nabintech