नेपालगंजमा मोबाईल चोरी गर्ने ३ स्थानीय लुटेरा पक्राउ

पिपलबाेट संवाददाता


गएको साउन ८ गते बिहान २ बजे नेपालगंज उप–महानगरपालिका वडा नम्बर ४ बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्समा चोरी गर्नेहरु पक्राउ परेका छन ।

पुर्ण प्रसाद गौतमले संचालन गरेको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोवाईल सप्लायर्सको सटर फोडी उनीहरुले मोवाईल, घडी, एम.पि.थ्री, वैंकहरुको चेक सहित करिब १० लाख रुपैंया बराबरको सामानहरू लुटेका थिए ।

चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न बाँके नेपालगंज उप–महानगरपालिका वडा नम्बर ९ का २२ बर्षिय सुमित शर्मा, वडा नम्बर १३ का १८ बर्षिय नानु खटिक र १२ वर्षिया एक वालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चोरीका मोवाईल ३६ थान, जीसक कम्पनीको घडी ६ थान र एमपीथ्री १ थान सहित साउन १३ गते राती करिब १० बजेतिर नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

१४ श्रावण २०७८ मा प्रकाशित
Nabintech