काँग्रेस कोहलपुरद्धारा अग्रज क्रियासिल सदस्यलाई सम्मान

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुरको आयोजनामा शनिबार अग्रज क्रियासिल सदस्य सम्मान र खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार कोहलपुर नगरपालिकाका १देखि १५ वडामा रहेका नेपाली काँग्रेसका अग्रज क्रियासिल सदस्य ६५ वर्ष माथिमा सदस्यहरुलाई सम्मान गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १देखि १५ का ५० वढि लाई सम्मान गरेको छ । नगर कार्यसमितिको निर्वाचन सम्पन्न भएपछि अग्रज क्रियासिल सदस्य सम्झना सोरुप सम्मान गरेको नेपाली काँग्रेस नगर सचिव भुम भण्डारीले जानकारी गराए । नेपाली काँग्रेसको आगामि पार्टि निर्वाचनको समयमा गुट र उपगुठले पार्टि कमजोर भएको ले यस तर्फ नलाग्न नगर सचिव भुम वहादुर भण्डारीले सवै नगरका अग्रज क्रियासिल सदस्यहरु लाई आग्रह समेत गरेका थिए । पार्टिले गुठ र उपगुठले गर्दा पार्टिले सवै खालका आम चुनावहरुमा पार्टिले हार्नु परेको नगर सचिव भुम वहादुर भण्डारी ले वताए । नेपाली काँग्रेसका अग्रज क्रियासिल सदस्य सदस्य गोकुल चौधरीले पार्टिले गरेको यस्तो खालको सम्मानले आफुहरुलाई खुसी लागेको वताए । उनले अहिले सम्म पार्टि भनेर लागेकोमा ढिलै भएपनि कोहलपुर नगरले सम्झेकोमा आफुहरु हसित भएको वताए । नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सभापति, पहिलो संविधान सभाका सदस्यका उमेदवार तथा नेपाली काँग्रेसका कोहलपुरका अग्रज नेता नारायण प्रसाद सिग्देल, नेपाली काँग्रेसका सवै जनाले पार्टि बलियो वनाउनु पर्ने तिर ध्यान दिनु पर्ने वताए । नेपाली काँग्रेसमा पछिल्लो समयमा विभिन्न गुठ र उपगुठका नाममा पार्टिले ठुलो क्षती व्यर्होनु परेको वताए ।
कोहलपुर नगर सभापति बलराम शर्मा सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खिर र अचारको समेत खुवाईएको थियो । ३०० वढि काँग्रेस कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

१७ श्रावण २०७८ मा प्रकाशित
Nabintech