कोहलपुर नगर शिक्षाको कार्य प्रति प्याब्सन एन प्याब्सन आपत्ति

पिपलबाेट संवाददाता


प्याब्सन र नेशनल प्याब्सन बाँकेले एक प्रेस विज्ञप्ती जारी गर्दै कोहलपुर नगर शिक्षा शाखाबाट अचानक तथा अमर्यादित शैलिमा गरिएको विद्यालय अनुगमनले श्रृजना गरेको परिणाम प्रति आफ्नो गम्भीर ध्यान आर्कषण भएको वताएका छन् । अनुगमन गर्दा छाता संगठनहरुलाई समेत जानकारी नगराई पुर्वाग्राही ढंगले कोहलपुर नगरका केहि विद्यालयहरुमा अनुगमन गरेको थियो । विज्ञप्तीमा विद्यार्थीको पठनपाठन प्रति दुवै संगठनको गम्भिर चासो रहेको छ । विद्यार्थीहरु लामो समय देखि पठनपाठनबाट बन्चित रहदा उनिहरुमा उल्पन्न हुने मनोवैज्ञानिक असर प्रति आफुहरु सचेत भएको वताए । हाल देशभर सम्पूर्ण क्षेत्रहरु पूर्णरुपमा खुल्ला रहेको तर शिक्षा क्षेत्र मात्र बन्द ररहदा कोरोना संक्रमण बढ्छ भन्ने कुरामा आफुहरु विश्वस्त नभएको विज्ञप्तीमा लेखिएको छ । त्यसैले अनावश्यक रुपमा विद्यालय बन्द गरिनु हुदैन भन्ने विषय प्रति प्याब्सन र नेशनल प्याब्सन बाँकेले विज्ञप्ती मार्फत जोडदार माग गरेको छ । कोहलपुरका चार विद्यालयहरुमा गरिएको अनुगमनको नाममा श्रृजना गरेको आनावश्यक घटनाको घोर भ्रत्सना गर्दै आगामी दिनहरुमा त्यस्ता कथित कृयाकलापको पुनराबृत्ति नगर्न समेत सचेत
गराएका छन् । कोहलपुर नगर शिक्षा प्रमुख अनन्त पौडायालले विद्यालयहरु लाई पटक पटक जोखिमको समय रहेकाले विद्यालयमा विद्यार्थीहरु लाई भौतिक रुपमा उपस्थिती नगराउन आग्रह गरेको वताए । तर जिल्ला प्रशासन बाँके मार्फत नेपाल सरकारले भन्दा भन्दै भौतिक रुपमा विद्यार्थी उपस्थिती गराएर कक्षा संचालन गरेको खवर आएपछि अनुगमन गरिएको पौडायालले वताए । समय अनकुल नभएकोमा बाल बालिकाहरुलाई विद्यालयमा ल्याउनु अहिले राम्रो नभएको वताए । प्यावसन कोहलपुर नगर अध्यक्ष यम बहादुर रावतले कोहलपुरमा रहेका केहि विद्यालयहरुले घरमा नेट को समस्या भएका केहि विद्यार्थीहरु लाई अभिभावकहरु को सल्लहा सुझावको आधारमा विद्यार्थीहरु लाई विद्यालयमा भौतिक रुपमा उपस्थित गराएको विषयलाई लिएर नगर शिक्षाले गरेको गतिविधि प्रति आफ्नो आपत्ति रहेको वताए । रावतले भने कोहलपुर नगरपालिकाले विभिन्न तालिम गोष्ठी, नगर सभा र अहिले देखिएको कोरोना खोप लगाउदाको उपस्थिती लाई ध्यान दिन समेत आग्रह गरे । लामो समय सम्म सरकारले विद्यालयको विषयमा कुनै खालको निर्णय गर्न नसक्नु आफ्ैमा गलत रहेको देखिन्छ । अनुगमनको नाममा विद्यालयमा आएका विभिन्न विद्यार्थी बाबु नानिहरुको फोटो समाजिक संजालमा हाल्नु गलत काम भएको वताए ।
कोहलपुर क्रिसाका अध्यक्ष दिनेश सिग्देलले निजी विद्यालयहरु लाई लक्ष्ति गरेर कोहलपुर नगर शिक्षाले गरेको अनुगमन प्रति आफुहरुलाई गम्भीर गराएको वताए । नगर शिक्षाले विद्यालय खोल्लने विषयमा कुनै ठोस निर्णय गर्ने नसक्ने केहि विद्यालयहरुले विद्यार्थीहरुको कापि चेक गर्न र घरमा नेट नहुदा विद्यालय पुगेका विद्यार्थीहरुलाई त्रसित गराउने कार्य वन्द गनुपर्ने वताए ।

१७ श्रावण २०७८ मा प्रकाशित
Nabintech