अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ

पिपलबाेट संवाददाता


अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय नागरिकलाई दांग प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा न. ३ का करमुल्हाल आमिर र राजा खाँनलाई गढवागाउ पालिका १ जुरौली देउखुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट अत्याधुनिक पेस्तोलसहित दुईवटा म्याग्जीन र दुई राउन्ड गोली पनि बरामद गरिएको छ ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी करिब ५ बजेतिर पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

१९ श्रावण २०७८ मा प्रकाशित
Nabintech