पीसीआर पोजेटिभ आएकै दिन अस्पताल भर्ना भएका २३ वर्षीय युवकको भाेलिपल्ट मृत्यु

पिपलबाेट संवाददाता


पीसीआर पोजेटिभ आएकै दिन भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका बर्दियाका २३ वर्षीय युवकको भोलिपल्टै मृत्यु भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय युवकको आज बिहान तीन बजे मृत्यु भएको हाे।

साउन १९ गते बागेश्वरी ल्याबमा पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। विगत तीन दिनदेखि बाँकेमा लगातार एक/एक जनाको मृत्यु भइरहेको छ। मृतक सबै बाहिरी जिल्लाका रहेका छन्।

अहिले पनि यहाँका अस्पतालमा उपचारमा रहेका धेरैजना बिरामी बाहिरी जिल्लाकै रहेका छन्। बाँकेका १५ र बाहिरी जिल्लाका २४ जनाको उपचार भइरहेको छ।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ३ सय ८० जनाको मृत्यु भइसकेको छ।

२० श्रावण २०७८ मा प्रकाशित
Nabintech