टिभिएस एनटर्क १२५ कोहलपुरमा

पिपलबाेट संवाददाता


टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई कोहलपुर ल्याएको छ । पानस अटोमोटिभ्स प्राइभेट लिमिटेडको सोरूममा स्कुटरको उद्घाटन गरिएको थियो । स्कुटरको उद्घाटन गदै कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीले कोहलपुरमा नयाँ नयाँ ब्राण्डका सवारी साधन आउनु कोहलपुरका लागी खुसीको कुरा भएको वताईन् ।कोहलपुरमा नयाँ खालको यो स्कुटर अन्य स्कुटरभन्दा फरक भएकाले पनि यसको वजार मार्केट बढि रहने वताईन् ।

स्कुटर वतावरण प्रर्दुषण रहित भएको हुनाले यसको भरपुर प्रयोगमा ल्याउनु पर्ने वताईन् ।त्यसै गरी कार्यक्रम मा उद्योग वाणिज्य संघ का केन्द्रीय सदस्य चक्र अधिकारि, कोहलपुर इलाका प्रहरी कार्यालयका डि एस पी रवीन्द्र खनाल उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेल जिल्ला ट्राफिक प्रमूखलगाए अतिथी रहेको कार्यक्रममा मुख्य आकर्षण प्रदीप खड्का ले कार्यक्रमको रौनकता बढेको थियो । टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडित स्कुटर हो। यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्याय भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टेन्थ डिस्प्ले, लास्ट पार्क लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टिराइड स्टाटिस्टिक मोड जस्ता सुविधालाई समेटेको कम्पनीले जनाएको छ ।

एनटर्क प्रदुषण मापदण्ड बीएस ४ र बीएस ६ दुबै अप्सनमा उपलब्ध रहेको छ । बीएस ६ मापदण्डमा आरटी एफआई इन्जिन युक्त एक भेरियन्ट उपलब्ध छ भने बीएस ४ मा ४ भेरियन्ट ग्राहकले खरिद गर्न सक्छन् । एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।नयाँ एनटर्कमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो फिचर टप भेरियन्टमा मात्रै पाउन सकिन्छ । सस्पेन्स सबै भेरियन्टमा एउटै रहेको छ ।

फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर पाउन सकिन्छ ।

 

२१ श्रावण २०७८ मा प्रकाशित
Nabintech